१९ असार, काठमाडौं ।
नयाँ शक्तिकी नेतृ अभिनेत्री करिश्मा मानन्धरले टौखेलस्थित विद्यालयको पर्खाल भत्किएर विद्यार्थीको निधन भएको घटनाबारे छानविन गर्न माग गरेकी छिन् ।
आफ्नो छिमेकमा यो घटना भएको भन्दै करिश्माले घटनाबारे सरकारले छानविन गरी कारवाही अघि बढाउन माग गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेकी छिन्, “यो दुख को बेलामा एउटा छिमेकीको नाता ले म जे मद्दत चहिए पनि पुष्पान्जली परिबार को साथमा छु र जे कारण ले गर्दा यो घटना भयो राज्ले तेस्को छानबिन गरेर कामकारबाही गरोस् भन्नेमा जोड दिन चहान्छु” ।
शुक्रबार ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलनजिकै रहेको पर्खाल भत्किदा दुईजना विद्यार्थीको मृत्यु भएको थियो ।
विद्यालयसँगै रहेको पर्खाल भत्किएर कक्षाभित्र अध्ययन गरिरहेका विद्यार्थीलाई थिचेको थियो । अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो ।
उक्त घटनापछि प्लटिङवाला ब्यवसायीलाई कारवाही गर्नु पर्ने माग पनि उठेको छ । सांसदहरुले समेत उक्त घटनाको छानविनको माग गरेका छन् ।
No comments:
Post a Comment