मोरङ, १९ असार । नक्कली प्रमाण पत्र पेश गरेको आरोपमा पक्राउ परेका तीन जना चिकित्कसहरु आइतबार धरौटी बुझाएर रिहा भएका छन् ।
जिल्ला अदालत मोरङले माग गरेको धरौटी रकम बुझाएर आइतबार बाल रोग विशेषज्ञ सञ्जयकुमार दास, नेत्र रोग विशेष लिली राजवंशी र हाडजोर्नी तथा नशा रोग विशेष अवुल कलाम रिहा भएका हुन् ।
न्यायाधीशहरु विनोद मोहन आचार्यको इजलासले राजवंशीसँग ३५ लाख, फणिन्द्रप्रसाद पराजुलीको इजलासले दाससँग २३ लाख ९० हजार र हरिशचन्द्र इङ्नामको इजलासले कलामसँग १३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । उक्त रकम बुझाएर उनीहरु रिहा भएका हुन् ।
नक्कली प्रमाणपत्रका आधारमा चिकित्साशास्त्र अध्ययन गरी ठगी गरेको आरोपमा यही असार ३ गते पक्राउ परेका उनीहरुलाई अलगअलग इजलासले धरौटी रकम माग गर्दै तारेखमा छाड्न आदेश दिएको हो ।
लिली विराटनगर आँखा अस्पतालको सिफारिसमा तिलगंगा आँखा अस्पताल काठमाडौंमा अध्ययनरत थिइन् । कलाम ट्रमा सेन्टर विराटनगर र दास श्रीराम डाईग्नोसिस क्लिनिक विराटनगरमा कार्यरत थिए ।
No comments:
Post a Comment