उर्लाबारी, २९ असार, नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विरोध गर्न थालेका छन् । सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा विरोधस्वरूप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्विर राखेर विभिन्न शब्दहरु प्रहार भइरहेको छ ।
माओवादी केन्द्रको बैठकपछि समर्थन फिर्ताको निर्णय सार्वजनिक भएसँगै त्यसको विरोधमा उर्लिएको सामाजिक सञ्जालको टाइमलाइन बुधबार झनै चर्किएको छ । ठाडो शब्दमा, व्यङ्ग्यात्मक शैलीमा ट्वीटर र फेसबुक प्रयोगकर्ताले पार्टीको पछिल्लो निर्णयलाई दाहालको तस्विरसँग जोड्दै टिकाटिप्पणी गरिरहेका हुन् ।
सर्वसाधारण जनताले त सामान्य टिकाटिप्पणी गर्ने नै भए । तर, पार्टीका जिम्मेवार नेताबाट फेसबुकमा नेताहरुलाई असाध्यै हेपेर, खसालेर बेइज्जती गर्नुले फेसबुकको दुरुपयोग भएको देखिन्छ । यसमा अग्रपङ्क्तिमा देखिन्छिन्, नेकपा एमाले मोरङकी उपसचिव विद्या चाम्लिङ राई ।
उनले बुधबार हदैसम्मको अश्लिल तस्विर फेसबुकमा सार्वजनिक गरिन् । उर्लाबारी ३ स्थित राधिका माविकी शिक्षिकासमेत रहेकी राईले त्यस्तो तस्विर सार्वजनिक गरेकी छन् । यसरी अनेक रुपमा नेपाली नेताको बेइज्जति गर्नेलाई गृह मन्त्रालयले कारवाही पनि गर्दै आएको छ । तर, यसरी जिम्मेवार नेतृले फेसबुकमार्फत सार्वजनिक गरेको तस्विरले के शिक्षा जान्छ त्यो पनि हेक्का राख्नुपर्ने हो ।
उता माओवादी केन्द्रका स्थानीय नेताले भने राईको स्टेटसलाई लिएर उनको विरोध गरेका छन् । स्थानीय नेताले उनलाई साइबर क्राइमको मुद्दा लगाउनुपर्ने बताएका छन् ।
अहिले फेसबुकको सदुपयोग भन्दा सामाजिक दुरुपयोग गर्ने धेरै छन् । महिलाहरुलाई जथाभावी गाली गर्ने, यौनिक हिसाबले पनि दुःख दिने, मनपरी बोल्ने, जबजस्ती गर्ने । नाङ्गा, आपत्तिजनक फोटो र भिडियो ट्याग गरिदिने । अर्काको पारिवारिक अवस्था लेखिदिएर गोप्यता भंग गरिदिने, चरित्र हत्या गरिदिने जस्ता कृयाकलाप ।
नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत साइबर क्राईम हेर्ने निकायले यस्तो जानकारी दिएको छ । हुनत गृहको आशय नेताहरुलाई सताएकोतिर देखिन्छ । किनभने फेसबुकमा हाम्रा नेताहरुलाई असाध्यै हेपेर, खसालेर बेइज्जति गरिएको छ । कतिसम्म भने प्रचण्ड बाबुराम, झलनाथ लगायतका नेताहरुका बारेमा धेरै यस्ता अश्लिल तस्विरहरु देखिन्छन् । नेपाली नेताको बेइज्जति गरेकाले गृह मन्त्रालयले त्यसलाई नियन्त्रण गर्न खोजेको छ ।
नेपालमा जसरी फेसबुकमा मनपरी गरिन्छ अन्य देशमा यस्तो कमै छ । अझ यूरोप, अमेरिका जस्ता विकसित मुलुकमा त इन्टरनेट प्रयोगकर्ताको निगरानी गरिन्छ । त्यसरि बेईजती गर्नेमाथि कडा कानुन छ । नेपालमा चाहिँ जसले जे गरिदिएपनि हुने, जे लेखेर बेइज्जति गरेपनि हुने झैं औधी दुरुपयोग हुँदै आएको हो । अब भने यसरी दुरुपयोग गर्नेहरु कारबाहीमा पर्ने भएका छन् । गृहले भविष्यमा हुने दुरुपयोग मात्रै होइन कि अहिलेसम्म पोष्ट गरिएका आपत्तिजनक तस्बिरहरु पनि हटाउन आग्रह गरेको छ ।
फेसबुकमा जे जसरि दुरुपयोग गरिएयसको छ त्यसको नियन्त्रण भने हुनै पर्छ । तर तपार्इंलाई लाग्ला, मैले फेसबुक चलाएको, कोठामा बसेर आनन्दले नेट चलाएको कसले देख्छ ? त्यस्तो सोच्नु भएको हो भने भ्रममा नपर्नुस् । त्यो मज्जाले निगरानी गर्न मिल्छ ।
No comments:
Post a Comment