• Breaking News

    7.04.2016

    माओवादीलाई भाँडेर एमालेलाई तह लगाउने सपना कांग्रेसले नदेखे हुन्छः प्रचण्ड

    सोमबार, २० असार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिशोध र विरोधको राजनीति नगर्न कांग्रेसलाई चेतावनी दिएका छन् । सोमबार काभ्रेको नालामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले समयको गाम्भिर्यता बुझ्न पनि कांग्रेसलाई आग्रह गरे ।
    उनले वर्तमान सत्ता गठबन्धनबाट माओवादीलाई निकालेर एमालेसँग प्रतिशोधको राजनीति गर्ने सोच भए त्याग्न कांग्रेसका शीर्ष नेतालाई आग्रह गरे ।
    उनले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा वा कांग्रेस सभापति देउवाको नेतृत्वमा जस्कोमा भएपनि राष्ट्रिय सहमति आवश्यक रहेको भन्ने आफ्नो कुरालाई सक्ता परिवर्तनको खेलका रुपमा नलिन आग्रह गरे । कार्यक्रममा भाषण गर्ने क्रममा आफुले प्रधानमन्त्रीलाई भेटेर आएको भन्दै उनले ‘कांग्रेसले पनि माओवादीसँग मिलेर आएपछि अर्को एमालेलाई देखाउँला भन्ने नसोच्नुहोला ।’
    कार्यक्रममा एमालेका नेताहरुले दाहाल सरकार परिवर्तनको खेलमा लागेको धारणा राखेपछि दाहाले यस्तो प्रष्टोक्ति दिएका थिए । प्रचण्डले एउटा सरकार गिराउने र अर्को बनाउने खेलले नेपाललाई यथास्थितिमा राख्ने बताउँदै सहमतिय सरकारका लागि मात्रै आफुले जोड दिएको बताए ।
    प्रचण्डले सहमतिका लागि जसले त्याग गर्ने तत्परता देखाउँछ, इतिहासले उसैलाई सम्मान गर्ने बताए । उनले आफू प्रधानमन्त्री हुन हतारिएको भन्ने टिप्पणीमा सत्यता नभएको पनि दाबी गरे ।
    प्रचण्डले मुलुक अप्ठ्यारो अवस्थामा रहेकाबेला विगतमा पनि दलहरुबीच राष्ट्रिय एकता कायम हुने गरेको बताउँदै संविधान कार्यान्वयनमा पनि सहमति दोहोरिने विश्वास व्यक्त गरे ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र