सोमबार, २० आषाढ,
कोपा अमेरिका फाइनलमा चिलीसँग हारे पनि हारको जिम्मेवारी लिदै अर्जेन्टिना स्टार राष्ट्रिय टिमबाट सन्यास लिएका थिए ।
५ पटक बेलोनडोरबाट सम्मानित मेस्सी लगातार २०१५ र २०१६ को कोपा अमेरिका फाइनल खेलमा पराजित भएपछि विक्षिप्त भएका थिए ।
मेस्सीको सन्यासको निर्णय पछि अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो मार्की, अर्जेन्टिना फुटबल लिजेण्ड म्यारोडोना, ब्राजिलका फुटबल लिजेण्ड पेले, रोनाल्डो तथा अन्य थुप्रै चर्चीत व्यक्तिहरुले मेस्सीलाई सन्यासको निर्णय फिर्ता लिन आग्रह गरे ।
ठुलो पानी परिरहेको बेला समेत हजारौ फुटबल प्रेमीहरुले मेस्सीलाई व्युनर्स आयर्समा रहेको स्मारकमा कार्यक्रम गर्दै सन्यासको घोषणा फिर्ता लिन भनेका छन् ।
मेस्सीका प्रशंसकले हातमा मेस्सीको पोष्टर बनाउँदै उनलाई फुटबल नछोड्न रुदै आग्रह गरेका थिए ।
मेस्सीका एक फ्यान भन्छन्,‘ मेस्सी जस्तो व्यक्ति ५० करोड वर्षमा एकपटक जन्मिन्छन् ।’
‘यो युगमा हामी उनको फुटबल हेर्ने चाहान्छौ त्यो पनि राष्ट्रिय टिमबाट । अर्जेन्टिनाले मेस्सी पाउनु ठुलो सौभाग्यको कुरा हो ।’, उनले भने ।
सन् २०१८ को विश्वकपका लागि मेस्सीलाई हरहालतमा राष्ट्रिय टिममा फर्काउन विभिन्न पक्षबाट पहल भइरहेको छ । मेस्सी यतिखेर भने बिदा मनाइरहेका छन् ।
No comments:
Post a Comment