सोमबार, २० आषाढ,
कैटरीना कैफ एकपटक फेरि आफ्नो करिअर बनाउन लागि परेकी छिन् । मायाको भुत उत्रिएपछि करिअरबारे बल्ल उनी सोच्न थालेकी हुन् ।
उनीसँग हाल एउटा फिल्म पनि रहेका छैनन् । पछिल्लो समय रिलिज भएको फिल्म ‘फितुर’ बक्स अफिसमा फ्लप भएपछि कैटरीनाका बलिउड दिनहरु ओरालो लागेका हुन् । रनवीरसँगको प्रेममा परेकी कैटरीनाले करिअरबारे नसोच्दा प्रियका चोपडा र दिपिका पादुकोणलाई धेरै फाइदा मिल्यो ।
उनीहरुलाई आज बलिउडमा हिट फिल्म दिनेहरुमा लिइन्छ । त्यस्तै सामान्य अभिनेत्री ज्याकलिन फर्नानडेजले पनि बलिउडमा ठुलो स्थान बनाउन सफल भएकी छिन् ।
सलमान खान र सारुख खानसँग हिमचिम बढाएकी कैटरीना समाजिक सञ्जालमा पनि उत्तिकै एक्टिभ देखिन थालेकी छिन् । रनवीरसँगको ब्रेकअपपछि उनी लामो समय डिप्रेशनमा समेत गएको बताइएको थियो । उनी आजकल आफ्ना फ्यानहरुसँग सिधा सम्बाद गर्ने गरेको बताइएको छ ।
सामाजिक सञ्जालबाट चर्चा बटुल्ने र यसको फाइदा लिदै बलिउडमा आफ्नो पकड एकपटक फेरी बनाउने उनको विचार रहेको बताइएको छ । फिल्महरुको खोजी गरिरहेकी कैटरीनालाई सलमान खान तथा सारुख खानले मदत गर्न खोजिरहेका छन् ।
No comments:
Post a Comment