• Breaking News

    7.04.2016

    माओवादी केन्द्रद्वारा जनकपुरमा उग्र प्रदर्शन

    जनकपुर, असार २० । प्रहरीले आफ्ना नेता पक्राउ गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य रामचन्द्र मण्डलसहित ९ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।
    जनकपुरको पिराडी चोकमा प्रदर्शनकारीले टायर बालेर चक्काजाम गरेका छन् । शनिबारका दिन जनकपुर –१४ रजौलस्थित जनता माविको व्यवस्थापन समिति गठन सम्बन्धी विवादमा भिडन्त भएपछि घटनाले तनावको रुप लिएको थियो । भएपछि प्रहरीले हस्ष्तक्षेप गरी नेता पक्राउ गरेको थियो । शनिबार अबेर राति समितिका वर्तमान अध्यक्ष एंव कांग्रेस नेता रामवरण पासमानको घरमा फोरम र माओवादी समर्थित कार्यकर्ताले आक्रमण गरेपछि प्रहरीले मण्डलसमेत नौ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा माओवादीका मण्डल, कांग्रेस नेता श्रीराम साह र संघीय समाजवादी फोरम नेपालका रामसुखित यादव लगायत छन्।
    प्रहरीले भने आफूमाथि हातपात गरेको बताएको छ ।
    माओवादी नेता एंव सांसद रामसिंह यादव, माओवादी नेता नन्दकिशोर यादव, झल्कु यादव, फोरम जिल्ला अध्यक्ष शेषनारायण यादव, जिल्ला नेता हरिनारायण यादव र कांग्रेसका जिल्ला सचिव सन्तोष यादवले चक्काजामको नेतृत्व गरिरहेका छन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र