• Breaking News

    7.04.2016

    मेसीबारे क्रिष्टियानो रोनाल्डोले मुख खोले

    एजेन्सी, २१ असार । विश्वका दुई फुटबल स्टार मध्ये एक क्रिष्टियानो रोनाल्डोले मेसीका बारेमा पहिलो पटक मुख खोलेका छन् ।
    यी दुई खेलाडी चिर प्रतिद्धन्दी जस्ता थिए । तर रोनाल्डोले मेसी रोएको राम्रो लाग्दैन भनेका छन् ।

    रोनाल्डाले मेस्सीलाई प्रोत्साहित गर्दै भने, ‘मेस्सी रोएको देख्दा राम्रो लाग्दैन । आश छ, उनी राष्ट्रिय टिममा फर्कनेछन् ।’
    जारी युरोकपको आफ्नो देशलाई सेमिफाइनलसम्म पु¥याएका रोनाल्डोले भने, ‘उनले कठिन निर्णय लिएका हुन् र मानिसहरुले यो बुझ्नुपर्छ ।’ रोनाल्डोले एउटा पेनाल्टी मिस गर्दैमा खराब खेलाडी भइँदैनसमेत भनेका छन् ।
    भर्खरै सम्पन्न कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा पराजित भएपछि मेसीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर मेसीको उक्त घोषणालाई उनका फुटबल समर्थनहरुले स्विकारेका छैनन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र