काठमाण्डु, १४ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच प्रचण्ड निवास लाजिम्पाटमा भेट भएको छ ।
उक्त भेटका क्रममा अष्ट्रेलियन राजदूतले अष्ट्रेलिया भ्रमण स्थगित गरेको विषयमा चासो राख्दै मिडियामा आएको जस्तो कुनै विषय नभएको अवगत गराएका थिए । उनले आफू नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको कुरा जानकारी गराए ।
प्रचण्डले मिडियामा आएको जस्तो स्थिति नरहेको बारे आफू अवगत रहेको बताएका थिए । उनले वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले भ्रमण स्थगित गर्नुपरेको बताएका थिए ।
राजदूत ह्वाइटले अष्ट्रेलियन सरकारले नेपाल र नेपाली जनतालाई सहयोग गर्दै आइरहेको तथा पुनर्निमाणमा सहयोग गरिरहेको जानकारी गराएका थिए । त्यसत्रममा प्रचण्डले भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणलगायतका क्षेत्रमा सहयोगका लागि समेत धन्यवाद दिएका थिए ।
No comments:
Post a Comment