अफगानिस्तान, ११ असार । अफगानिस्तानको पूर्वी नान्गहर राज्यमा ३२ तमिल स्टेट (आइएस) समूहसँग निकट ४२ जना विद्रोही एक चालकविहीन विमानद्वारा गरिएको हवाइ आक्रमणमा परी मृत्यु भएको छ ।
आइएस निकट लडाकुले आश्रयस्थल बनाउँदै आएको कोच र अचिन जिल्लाका विभिन्न ठाउँमा शनिबार गरिएको आक्रमणमा ४२ विद्रोहीको ज्यान गएको र ३२ जना अन्य विद्रोही लडाकू घाइते भएका अफगानिस्तानको टोलो टेलिभिजन च्यानलले जनाएको छ ।
कोट र अचिन इलाकालाई आइएसले सुरक्षित आश्रयस्थलका रुपमा लामो समयदेखि प्रयोग गर्दै आएको समाचारमा जनाइएको छ । घटनाप्रति विद्रोहीको प्रतिक्रिया आइसकेको छैन ।
No comments:
Post a Comment