• Breaking News

    6.25.2016

    चीनमा आयो नयाँ संकट, घरबाट बाहिर ननिस्कन अनुरोध




    बेइजिङ, १२ असार । दक्षिणी तथा उत्तरी केही चिनियाँ सहरहरुमा तातो हावाको प्रकोप बढेको समाचार छ । तातो हावाका कारण जनजिवन प्रभावित हुन लागेको समाचारमा जनाइएको छ ।
    चिनियाँ अधिकारीहरुले चीनका ती क्षेत्रहरुमा शुक्रबारदेखि तातो हावाको प्रकोप चलेको जनाएका छन् । शनिबार बिहानै सूचना जारी गरी ती क्षेत्रका नागरिकलाई घरबाट बाहिर ननिस्कन र यदि निस्कनै परेपनि सचेततापूर्वक हिँडडुल गर्न आग्रह गरिएको छ ।
    ती क्षेत्रमा शनिबार बिहानको तापक्रम कम्तीमा पनि ३५ देखि ४९ डिग्री सेल्सियससम्म पुगेको जनाइएको छ ।
    चीनको राष्ट्रिय जल तथा मौसम विज्ञान केन्द्रले शनिबारको दिउसको तापक्रम निकै बढ्न सक्ने भएकोले नागरिकलाई सजगता अपनाउन भनेको छ ।
    चीनमा केही दिनयतादेखि तातो हावाको प्रकोप बढिरहेको पाइएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र