• Breaking News

    6.22.2016

    शव राखिएका काठको बाकस अोराल्दा शोकमग्न बन्यो विमानस्थल


    काठमाडाैं-अफगानिस्तानको काबुलमा सोमबार भएको बम हमलामा निधन भएका १२ जना नेपालीको शव त्रिभुवन विमानस्थलमा अोरालिएको छ। बाकसमा १२ वटा शव विमानबाट अोराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आखा रसाए।


    नेपाली सेनाका जवानहरूले शवको बाकस विमानस्थलबाट अोरालेका थिए। विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा अोली, मन्त्रीहरू र सचिवहरूको अनुहार मलिन देखिन्थ्यो।

    काबुलबाट शव लिएर फर्केको नेपाल वायु सेवा निगमको जहाज जब विमानस्थलमा अोर्लियो, परिवारको रूवावासले विमानस्थलको वातावरण एकाएक भावविव्हल बन्यो।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र