• Breaking News

    6.22.2016

    १२ शवसँगै २४ नेपाली अफगानिस्तानबाट घर फर्किए



    ८ असार, काठमाडौं । अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको १२ नेपालीको शव ल्याइँदैछ ।

    नेपाल वायु सेवा निगमको विमान काबुलबाट उडिसकेको छ । र, दिउँसो ३ बजे काठमाडौं आइपुग्नेछ । शव बुझ्दा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापा पनि विमानस्थल जाने कार्यक्रम छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार उक्त विमानमा २४ नेपाली कामदार पनि घर फर्किएका छन् । सरकारले नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न भनेको थियो ।

    काबुल आक्रमणमा घाइते भएका थप पाँच नेपालीलाई बुधबार भारतको नयाँदिल्ली लगिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र