• Breaking News

    6.26.2016

    सशस्त्रका महानिरीक्षकले जुत्ताका तुना बाध्न लगाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो

    सोमबार, १३ आषाढ,

    काठमाडौं । पछिल्लो केहीदिन यता एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल जसरी व्यापक भएको छ । सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राइले आफ्ना सुरक्षा गार्डलाई जुत्ताका तुना कस्न लगाएका तस्वीर सामाजिक सञ्जाल फेसबुकबाट बाहिरिएपछि चर्चा कमाएको छ ।

    २०६२ /०६३ सालको लोकतान्त्रिक जन आन्दोलन दबाउन मुख्य भूमिकामा रहेका व्यक्ति भनि सुरुबाटै विवादमा तानिएका दुर्जकुमार राई पुनः विवादमा तानिएका छन् । पदको मर्यादा र गरिमालाई वेवास्ता गर्दै हाकिमी प्रवृत्तिमा जुत्ताको तुना बाँध्न लगाएको यो तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणीहरु समेत भइरहेका छन् । 

    सामाजक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले उनको यो तस्वीर सेयर गर्दै लोकतन्त्रमा भएको हाकिमी शैलीको संज्ञा दिएका छन् ।

    यद्यपी यो तस्वीरका विषयमा भने सशस्त्र प्रहरीको मुख्यालय वा महानिरीक्षक राईले समेत अहिलेसम्म कुनै औपचारिक भनाई सार्वजनिक गरिसकेका छैनन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र