• Breaking News

    6.26.2016

    सलमानले हैन लुलियाले सलमानसँग विवाह नगर्ने

    काठमाडौँ १३ असार ।  एकातिर अहिले सलमान ‘बलात्कृत महिला’बारे अभिव्यक्ति दिएर अलोचित भइरहेका छन् भने उनका प्रशंसकलाई अर्को दु:खको खबर छ । पत्याउनै समस्या पर्ने यो खबर हो सलमान र लुलिया वन्तुरको विवाह हुँदैन । भारतीय लिडिङ अनलाइनले यो खुलासा गरेको हो ।

    सलमानको पारिवारिक स्रोतलाई उल्लेख गर्दै सलमान र लुलिया विवाह गर्ने कुनै योजना नरहेको अनलाइनमा उल्लेख गरिएको छ । यसअघि बारम्बार अन्य मिडियाले सलमानले ५१औँ जन्मदिनको अवसर पारेर विवाह गर्ने दाबी गर्दै समाचार लेखिरहेका थिए । आजको नयापत्रिका दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र