• Breaking News

    6.08.2016

    नेपाल बन्दमा नेपाल प्रहरीको निःशुल्क बस

    २७ जेठ, काठमाडौं ।

    नेपाल प्रहरीले नेपाल बन्दको मारमा परेका यात्रुहरुलाई लक्षित गरी निः शुल्क बस सञ्चालन गरेको छ । विप्लव माओवादीले कार्यकर्ता पक्राउ परेको विरोधमा गरेक बन्दको समयमा प्रहरीले बस सञ्चालन गर्ने घोषणा गरेको हो ।

    विप्लव माओवादीका ट्रेड युनियनका नेता पक्राउ

    सामाजिक सञ्जालमार्फत प्रहरीले बसको रुट पनि सार्वजनिक गरको छ । नेपाल प्रहरीले २ रुटमा गाडी चलाएको सूचना सार्वजनिक गरेको छः





    रुट नं. १
    नक्साल, जयनेपाल, पुतलीसडक, माइतीघर, थापाथली, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, रविभवन, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, न्युरोड गेट, जमल, महेन्द्र शालिक, दरवारमार्ग, जयनेपाल सिनेमाहल हुँदै नक्साल ।





    रुट नं. २
    नक्साल, लोत्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, नागेस्थान, न्युरोड गेट, जमल, लैनचौर, लाजिम्पाट, पुलिस एकेडेमी, नारायण गोपाल चोक, पुलिस एकेडेमी, बालुवाटार हुँदै नक्साल ।

    विश्वकै सबैभन्दा खतरनाक ७ बन्दुक

    यस अघी पनि विभिन्न बन्द तथा नाकाबन्दीको समयमा प्रहरीले बस चलाएको थियो । प्रहरीले साँझ ५ बजे सम्मका लागि निशुल्क बस चलाएको बताएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र