• Breaking News

    6.19.2016

    राजधानीबाट पक्राउ परे १५ डाक्टर, पक्राउ पर्ने डाक्टर सँख्या ३६ पुग्यो


    काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ३६ जना डाक्टर पक्राउ गरेको छ ।  राजधानीबाट शनिवार १५ जना डाक्टर पक्राउ परेका छन् ।
    यसअघि वीरगञ्जबाट ९ जना, सुनसरी १, विराटनगर ३, झापा १, जनकपुर २, चितवन ३, पोखरा १ र दाङबाट १ जना डाक्टर पक्राउ परेका छन् ।
    नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा संलग्न रहेका ३६ जना नक्कली डाक्टरलाई प्रहरी काठमाडौं जिल्ला अदालत लगेको छ । ब्युरोले न्यायीक हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौं लगेको हो ।  काठमाडौंबाट समातिएका १५, पोखरा, चितवन, ललितपुर, विराटनगर लगायतका ठाउँबाट समातिएका डाक्टरहरु गरेर ३६ जनालाई अदालत उपस्थित गराएको हो। पक्राउ पर्ने ३६ मध्ये ३० जना पुरुष र ६ जना महिला नक्कली डाक्टर छन् ।
    केही बेरमा पक्रा परेका डाक्टरको नाम सहितको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र