११ असार, एजेन्सी।
अमेरिकाको वेस्ट भर्जिनियामा आएको बाढीमा परी ज्यान जानेको सङ्ख्या २३ पुगेको समाचार छ ।
अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार सो क्षेत्रमा ठूलो सङ्ख्याका सर्वसाधारण नागरिक रुखमा चढेर तथा कतिपय स्थानमा घरको छाना र छतमा बसेर ज्यान जोगाइरहेका छन् ।
उद्वारकर्मीहरुले उद्वारको कार्यलाई तिब्रता दिएका छन् । अधिकारीहरुले भनेका छन् सो क्षेत्रमा क्षतिको मात्रा निकै ठूलो रहेको छ । उनीहरुले उद्वारको कामलाई निकै तदारुकता दिएका छन् ।
शुक्रबार दिउसोसम्ममा १४ जनाको मात्र निधन भएको थियो । राति अबेरतिर आएको बाढीमा परी थप नौ जनाको ज्यान गएको हो ।
No comments:
Post a Comment