• Breaking News

    6.25.2016

    प्रचण्डको नयाँ भाषणले प्रधानमन्त्री ओली झस्किए, ‘ओली’ – ‘प्रचण्ड’ सम्बन्ध पुनः धरापमा ?


    काठमाडौं , ११ असार । पछिल्लो समय प्रधानमन्त्री केपी ओली र सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्ध घनिष्ठ बन्दै गइरहेका बेला प्रचण्डको नयाँ भाषणले प्रधानमन्त्री ओली झस्किएका छन् ।  केहीदिन अघि मात्रै तय गरेर अन्तिम समयमा आएर भ्रमण स्थिगित भए लगत्तै प्रचण्ड र ओलीबिच भेटवार्ता भएको थिएन । यद्यपी अष्ट्रेलीया साइत तय गर्ने बेलामा भने प्रचण्डले ओलीसँग सरसल्लाह गरेका थिए ।

    शनिबार अचानक प्रचण्डले केन्द्रीय कार्यालयको बैठकमा ओली नेतृत्वको सरकारसँगको सहकार्य लामो समयसम्म जान नसक्ने बताएका छन् । शान्ति प्रक्रियाको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्ध पुनः धरापमा परेको हो ।

    शनिबार पार्टी कार्यालमा प्रचण्डले बोलेको कुरा एक नेताले नाम उल्लेख नर्गर्ने शर्तमा भने राम्रो कामको जस ओलीले एक्लै लिने र नराम्रो कामको अवजस मात्र अरुलाई दिने ? भनेपछि ओली सरकार माथि फेरी एक पटक प्रश्न चिन्ह उठेको छ । सो अवसरमा प्रचण्डले सरकारको विकल्प खोज्ने काम पुनः अगाडि बढाइएको बताएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र