गत सोमवार आत्मघाती बम आक्रमणमा मारिएका १४ जना नेपाली कामदारप्रति अफगानी जनताको गहिरो दुख तथा समवेदना रहेको एक जना अफगानी सांसदले वताएका छन् । साउथ एसिया डट कमका अनुसार अफगानी सांसद खालिद पास्तनले क्यानडाको एक समाचार दिने वेबसाइटलाई नेपालीले कहिले पनि अफगानी विस्द्ध बन्दुक नउठाएको वताएका हुन् । उनीहरुले सुरक्षित मानिने हरियो सुचीमा रहेको क्यानडाको दुतावास सुरक्षामात्र दिएका थिए, उनले भने ।
अफगानिस्तानको राजधानी काबुल स्थित क्यानडाको दुतावासमा सुरक्षा दिदै आएका ती १४ नेपाली त्यहांको सार्वजनिक मिनिवसमा यात्रा गर्ने क्रममा आत्मघाती बम आक्रमणमा परि मारिएका थिए । ‘मारिने सुरक्षा गार्ड मात्र थिए बन्दुकधारी सेना थिएनन, अफगानी जनताले पनि यही रुपमा उनीहरुलाई लिएका थिए’- उनले भनेका छन्-‘नेपाली सुरक्षा गार्ड क्यानडा दुतावासमा मात्र होइन अन्य कयौं कुटनीतिक नियोगमा कार्यरत छन् ।’
पास्तनले मृतकका परिवार प्रति आफ्नो र अफगानी जनताको गहिरो संवेदना व्यक्त गरेका छन् । क्यानडा सरकारले पनि आफ्नो दुतावासमा कार्यरत नेपालीको मृत्यु प्रति गहिरो दुख्ख व्यक्त गरेको छ । क्यानडाको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरि दुख्ख व्यक्त गरेको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो घटनालाई कायरताको संज्ञा दिएका छन् ।
No comments:
Post a Comment