• Breaking News

    6.21.2016

    प्रेमिकासँगको सेक्स भिडियो युट्युबमा हालेपछि....

    बुधबार, ८ आषाढ,

    काठमाडौं । सहरतिर आजकल ब्रोइलर मायाका अनेकन कथा छन्, फेसबुक, ट्वीटर, र ह्वाट्समार्फत गाँसिने । एउटा लहडमा प्रेम बस्छ र अर्को मोडमा साइबर क्राइमले एउटालाई प्रहरीको खोर अर्कोलाई विरहको पोखरीमा पुर्याउँछ । 

    दक्षिण कोरियामा थिए, अभय बाँस्कोटा । बाह् घन्टा काममा जोतिएपछि फुर्सदमा फेसबुक खोल्थे । त्यही भेटे विनिता लामा (नाम परिवर्तन) लाई । शरिर सुन्दर थियो, उमेर सुहाउँदो । अभयले फ्रेन्ड रिक्वेस्ट पठाए ।

    विनिताले स्वीकारिन् । दुई महिनामै मन साटासाट चल्न थाल्यो । किरब एक वर्ष अफेयर चल्यो । सशरिर भेट नभए पनि एकापसबिना बाँच्नै नसक्ने स्थिती भयो । अभय दुई महिनाअघि देश फर्किए । मुख्य उद्धेश्य थियो, विनीसँग वैवाहिक सम्बन्ध गाँस्ने ।

    फेसबुक म्यासेन्जरमा मात्र कुराकानी भएको जोडीलाई सशरिर कतिबेला भेटौं भन्ने हुने नै भयो । विनिता अभयलाइ रिसभि गर्न एयरपोर्ट पुगिन । अभय काठमाडौं फिरेको एक हप्ता जति रात र दिन साथै विताए । मदहोस प्रेम न थियो , कच्चा उमेरको ।

    तन मन साटेर आफूलाई मात्र भुलाएनन् ती दृष्यलाई आ आफ्नो मोबाइलमा कैद गर्न पनि भ्याए । सम्बन्धलाई विधिपूर्वक सम्पन्न गर्न दुवै आ आफ्ना परिवारकहाँ गए । तर गाउँ पुगेपछि कथाले अर्कै मोड लियो । विनिताले कुरा फेरिन । घर परिवारले रोजेकै जातको केटासँग विवाह गर्ने भइन् ।

    अभय विरक्तिए । कहिले मर्न तम्सिए त कहिले मार्न भनि विनितालाइ खोज्दै हिँडे । फकाए । तर अहँ विनिता कसैगरी मानिनन् । दुईबीचको सहमतिमा खिचिएको सेक्स टेप अभयसँग थियो । पहिला आफ्नो कुरा नामानेमा त्यो सर्वाजनिक गर्ने भनि धम्काए । तर धम्कीले छोएन ।

    नभन्दै अभयले रंगीन रातका दृष्य युट्युबमा हालिछाडे । यतिबेलासम्म विनिता गाउँमै थिइन् । सेक्स टेपले हंगामा मच्चियो । गाउँबाट काठमाडौं फर्किइन । अपराध महाशाखा पुगिन । एसएसपी सर्वेन्द खनाललाइ सुनाइन ।

    प्रहरीले खोज्न थालेपछि अभय काठमाडौंबाट भाग्दै हिँडे । तर अहिलेको प्रहरी न हो, मान्छे धर्तीमा बाँचेसम्म किन छाड्थ्यो र ? मदिराको प्यालाले जीवनका विरह साटिरहँदा अभयको आँखा अगाडि केही मान्छे प्रकट भए । ती मान्छेसँग टलक्क टल्किेन फलामे हत्कडी थियो । त्यही हत्कडी बाँधियो ।

    मैले माया गरे । मायाको बन्धनले होइन हत्कडीको साँचोले मलाई कैद गर्यो भन्दै रुन थाले । अहिले उनीले विद्यतीय कारोबार ऐन अन्तर्गत मुद्धा खेपिरहेका छन् ।

    पछिल्लो समय फेसबुकजस्ता सामिाजक सञ्जालाबाट हुने अपराध बढ्दै गएको अपराध महाशाखामा साइबर क्राइम हेर्ने इन्स्पेक्टर पशुपति राय बताउँछन् । आजको जन आस्था साप्ताहिकमा समाचार छापिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र