विराटनगर, ४ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका लागि सबै पक्षको सहमति आवश्यक रहेको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको छलफलमा उनले सो कुरा बताएका हुन् ।
यसबेला चुनाव अपरिहार्य भएपनि त्यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाई थियो । संविधान जारी भइसकेपछि हुने निर्वाचन प्रक्रियाको विषय सामान्य विषय नभई त्यसका लागि सत्तापक्ष, प्रतिपक्ष र मधेसी मोर्चाबीच सहमति आवश्यक रहेको उनले प्रस्ट पारे ।
प्रचण्डले मधेसी मोर्चाले अघि सारेको संविधान पुनरलेखनको मागलाई भने ठाडै अस्वीकार गरे । संविधान जारी भैसकेको अवस्थामा संविधान पुनर्लेखन गर्न नसकिने बताउँदै उनले संविधान संशोधन भने गर्न सकिने उनले बताए ।
सरकारले निर्वाचन गर्न ल्याएको प्रस्ताव सकारात्मक भएपनि राष्ट्रिय सहमति नहुँदासम्म त्यो काम हुन नसक्ने बताउँदै एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकारको सम्भावना रहेको समेत खुलासा गरे ।
उनले राष्ट्रिय सहमतिको सरकार निर्माणबारे छलफल भइरहेको समेत खुलासा गरे । माओवादी केन्द्रका अध्यक्ष दाहाल शनिबार हुने प्रदेश नम्बर एकको अगुवा कार्यकर्ता भेलाका लागि मोरङ पुगेका हुन् । उनीसँग रामबहादुर थापा बादल, प्रकाश लगायतका नेताहरु पनि कार्यक्रममा पुगेका छन् ।
No comments:
Post a Comment