काठमाडौं । खास गरि राष्ट्रपति र उपराष्ट्रपतिका सवारीहरुमा सुरक्षा संवेदनशिलताको आधारमा ट्राफिक प्रहरलिे सवारी साधनलाई रोकेर भिभिआइपीको सवारी गराउँदै आएको छ ।
अन्तर्राष्ट्रिय रुपमा पनि यहि प्रचलन रहि आएको छ । तर, व्यवस्थीत रुपमा यस्तो गर्ने गरिन्छ । तर, नेपालमा भने साँघुरा सडकहरु र सवारीको चापका बीच एक्कासी हुने सवारीहरुले सर्वसाधारणहरु सडकमा निकै समय रोकीनु पर्ने अवस्था आउने गर्छ ।
यही विषयलाई लिएर उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनले असन्तुष्टि जनाएका छन् । उनले बिहीबार उपराष्ट्रपति चीनबाट स्वदेश र्फकंदा भोग्नुपरेको सडक जामको विषयलाई लिएर सामाजिक सञ्जालमा बहस उठाएका छन् ।
दिपेशले भनेका छन् कि ‘उपराष्ट्रपतिको सवारीको कारण म माइक्रोमा घण्टौ जाममा पर्दा म नाताले उपराष्ट्रपतिको छोरो दिपेशलाई त यति धेरै रिस उठ्यो कि भनि साध्य छैन भने अरु सर्वसाधारण जनतालाई झन् कति रिस उठ्छ होला ?’
उनले थप लेखेका छन्- ‘ सुरक्षा वा जे जे कारणले भएपनि सरकारले भिआईपी सवारी हुँदा सकभर सडकमा अरु निजि तथा सार्वजनिक सवारी संचालनमा रोक नलगाई नयाँ नियम वा छोटो बाटोको वैकल्पिक व्यवस्थागरी भिआईपी सवारी हुँदा सडकमा सर्वसाधारणको हैरानी ब्यहोर्नु नपर्नेगरी ट्राफिक व्यवस्था गर्दा कसो होला ? ‘
त्यसो त पुर्व राष्ट्रपति डा रामबरण यादवले पनि बेला बेलामा आफ्नो सवारीका बेलामा हुनेगरेको आलोचनालाई ध्यान दिँदै व्यवस्थीत रुपमा सवारी मिलाउन र सर्वसाधारणलाई जाममा नपार्न सुरक्षाकर्मीलाई सुझाव दिएका थिए ।
No comments:
Post a Comment