• Breaking News

    6.17.2016

    अमेरिकाले उत्तर कोरियामाथि हवाई हमला गर्ने योजना बनाएको खुलासा

     उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार संयुक्त राज्य अमेरिकाले आफ्नो राष्ट्रमाथि आक्रमण् गर्ने ठोस योजना बनउँदै गरेको विश्वसनीय खबर प्राप्त गरेको बताएको छ ।
     प्योङयाङको सरकार नियन्त्रित समाचार निकाय केसीएनएले वासिङटनले उत्तर कोरियाका आणविक कार्यक्रम स्थलहरुमा हवाई आक्रमण गर्नेबारे खुलारुपमा छलफल गरिरहेको प्रमाण ती प्रवक्ताले फेला पारेको जनाएको छ ।

    उक्त महालाको खाका गत अगस्टमा दक्षिण कोरिया र अमेरिकाबीच संयुक्त सैनिक अभ्यास शुरु हुनुअघि नै तयार भएको पनि बताइएको छ । ती प्रवक्ताले अमेरिकी विदेश नीतिले आर्थिक विकाससँगसँगै आवविक हतियारहरु पनि विकास गर्दै जाने प्याङयाङको नीति ‘व्युन्जिन’माथि पनि गम्भीर विश्लेषण गरेको बताएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र