• Breaking News

    6.17.2016

    हनिमुन ट्रिपमा जाँदाजादै बिच बाटोमै पत्नी गायब

    ४ असार

    भारतको एक बैंकर  पत्नी आफ्नो पतिुसँग हनिमुन मनाउन जाँदा जाँदै एक्कासी बिच बाटैबाट गायब भएकी छिन् ।तीन बर्ष अगाडि बिहे गरेका बैकरले  आफ्नो पत्नीलाई आफूसँगै राखेका थिएनन् । पछिल्लो समय पत्नीलाई खुशी पार्नका लागि उनले दार्जलिङमा हनिमुन मनाउने निर्णय गरेर घरबाट निक्लेका थिए । तर दुर्भाग्य उनकी पत्नी उनलाई छाडेर रेलबाटै अर्कैसँग टाप कसेकी छिन् ।

    बास्तवमा उनकी पत्नीलाई आफ्नो श्रीमान मन नपरेको र त्यसैका कारण अर्कै  प्रेमीका साथमा भागेको बुझिन आएको छ ।घटना सोमबारको हो । सोमबार बैंकर पती आफ्नी पत्नी स्मीताको साथमा हनिमुन ट्रिपका लागि  जलपाईगुडी जाने रेलमा चढेका थिए । तर रेल कटिकार पुग्नु अघि नै उनको पत्नी बेपत्ता भइसकेकी थिइन् । उनले यस सम्वन्धमा  कटिहार प्रहरीमा रिपोर्ट समेत गरेका छन् ।

    यसै बिच उनकी पत्नी स्मीताले भने आफू सुरक्षित रहेको भन्दै उनको  पिताजीलाई फोन सम्पर्क गरिसकेकी छिन् । उनका अनुसार उनी आफ्नो  पतिसँग खुशी नरहेको र उनले अरु कसैलाई मन पराएको बुझिन आएको छ । उनले भनेकी छिन म सुरक्षित छु म अब पटनामै बस्न चाहन्छु ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र