काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले बिना स्वार्थ देशका लागि काम गरेको धारणा राखेका छन् । ओलीले भने‘मलाई एक पैसा पनि भ्रष्टाचार गर्नु छैन । मर्दा मर्दै बाचेको छु देशको लागि केही गर्छु । जबसम्म जनताको प्रधानमन्त्रीको रुपमा काम गर्छु तबसम्म जनताका लागि काम गर्छु । आउँदो चुनावमा दुनियाँ छक्क पार्ने गरी एमालेको पक्षमा चुनावी परिणाम आउँछ ।’
सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले वर्तमान सरकार भूकम्प, नाकाबन्दी विभिन्न कठिनाइका बाबजुद पनि कर्मचारीको तलब २५ प्रतिशत बढाएर जिउँदा सरकारको अनुभूत गराएको बताए ।
No comments:
Post a Comment