• Breaking News

    6.14.2016

    करिश्मालाई अमेरिकाबाट छोरीले सोधिन्- आमा राष्ट्रिय बेइज्जत गरेउ रे !

    १ असार, काठमाडौं ।

    गत आइतबार काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्तिको घोषणा सभाको उद्घोषण गरेपछि करिश्मा मानन्धरको धेरै नै आलोचना भएको छ । करिश्माको त्यो दिनको प्रस्तुतिका कारण उनको विषयमा विभिन्न नकारात्मक समाचार पनि बनेका छन् ।



    करिश्माको उद्घोषण सन्नु रंगशाला पुगेकाहरुलाई उनले निराश पारिन् । नयाँ शक्तिको पहिलो सभाको उद्घोषक बनेकी करिश्माको पटक पटक जिव्रो चिप्लेपछि उनलाई नै समस्या पर्‍यो ।



    सोही विषयमा विभिन्न मिडियामा बेइज्जत गरेको भनेर समाचार आएपछि करिश्माकी अमेरिकामा रहेकी छोरी कविताले समेत मम्मीलाई फोन गरेर राष्ट्रिय बेइज्जत गरेउ रे हो भनेर सोधेको करिश्माले फेसबुकमा स्ट्याटस नै लेखेकी छिन् ।

    करिश्माले फेसबुकमा लेखेकी छिन्, “मेरो छोरी कबिता ले usa बाट बिहानै फोन गरेर सोधिन मामी के भयो तिमी ले देश कै बेइज्जत गरेउ रे .. अनि मैले भने छोरी मैले तिमी लाई जन्म दिएँ तर म चाई फेरि जन्मदै छु”  ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र