आइफोन भनेपछि युवापुस्ता हुरुक्कै हुन्छन् । त्यसैले यसको प्राप्तिका लागि कतिपयले थरिथरिका उपाय अपनाएका छन् । तर, अमेरिकामा भने अलि विचित्रको घटना भएको छ। अमेरिका निवासी एक जना व्यक्तिले आइफोनप्रतिको आफ्नो प्रेमलाई एउटा नयाँ उचाई नै प्रदान गरेका छन् ।
लस भेगासमा उनले स्मार्टफोनसँग विवाह नै गरेका छन् । उनले औपचारिक समारोह नै गरेर आइफोनलाई आफ्नी श्रीमती बनाएका हुन् ।
यो विवाह समारोह विल्कुल त्यस्तै थियो जस्तो सामान्य रुपमा लस भेगासमा अन्य विवाह समारोह हुने गर्दछ । मात्र एउटा कुरामा फरक थियो बेहुला एरोन चर्भेनाकले साँझ लगाइने औपचारिक पहिरन त लगाएका थिए तर ‘बेहुली’ लाई भने डिब्बामा बन्द राखिएको थियो ।
लिटिल भेगास चैपलका पादरीले चेर्भेनासँग विवाहको विधिका बारेमा सोधे–एरोन के तिमी यो स्मार्टफोनलाई कानुनी रुपमा श्रीमान मान्छौ ? के तिमी योसँग प्रेम गर्ने, यसको सम्मान गर्ने र यसलाई आरामसँग राख्ने कुराप्रति निष्ठावान रहन्छौ ? एरोनले भने–हो, म त्यसै गर्नेछु ।
द लिटिल लस भेगास चैपलका मालिक माइकल केलीले भने–सबैभन्दा पहिलो यस्तो लाग्यो कि यो के हो ? र, यसपछि मैले सोचेँ ठिकै छ, गरौ ।
केलीका अनुसार –कलाकार र निर्देशक चेर्भेनाकले आफ्नो स्मार्टफोनसँग प्रतिकात्मक ढंगले विवाह भाव प्रदर्शन गरेर समाजलाई सन्देश दिएका छन् । केलीले भने–मानिसहरु आफ्नो फोनसँग यति बढी जोडिएका छन् कि उनीहरु सधैं त्यसका साथ रहन्छन् र यो विवाहजस्तै लाग्दछ । एजेन्सी
No comments:
Post a Comment