काठमाडौं, २० जेठ
प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)पुत्र प्रकाशले फेसबुकमा स्टाटास लेखेरै प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेका छन् । सिडियो सरुवाको बिषयमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री शक्ति बस्नेतबीच सम्बन्ध चिसिएको बेला दाहालले ओलीको राजिनामा
मागेका हुन् । प्रकाश दाहालले बिहीबार फेसबुकमार्फत राजिनामा मागेका हुन् । उनले ओलीसँग गृहमन्त्रीको राजिनामा माग्ने हैसियत नभएको बताएका छन् ।
‘केपी ओलीले गृहमन्त्रीको राजिनामा माग्ने हैसियत कहाँबाट पाए ? ’ उनले अगाडि लेखेका छन्, ‘केपी एकलौटी सरकार एमालेकरण गर्ने सिडियो सरुवाको विषयमा शक्ति बस्नेतको राजिनामा माग्ने ?’ उनले बरु केपी ओली सरकार राजिनामा दिनुपर्ने धारणा राखेका छन् ।
VIA NEPALPATI
VIA NEPALPATI
No comments:
Post a Comment