• Breaking News

    6.02.2016

    अर्घाखाँचीको कुखुराले पार्यो संसारकै सानो अण्डा,गिनिज बुकमा रहेको रेकर्ड तोड्यो

    गिनिज वुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेको भन्दा सानो अण्डा आफनो कुखुरीले पारेको अर्घाखाचीका कृषक हरिप्रसाद अधिकारीले दावी गरेका छन् । उनले गिनिज वुकमा रेकर्ड राख्ने प्रक्रिया पनि सुरु गरेका छन् ।


     संसारमा रहेको कुखुरीको सबैभन्दा सानो अण्डा भर्जिनियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ । अगष्ट ९, सन् २०११ मा मापन गरिएको उक्त अण्डाको नाप ०.८२६८ ईन्च अर्थात २.१ सेन्टीमिटर रहेको छ ।

    तर अर्घाखाची शान्तिवगैचाका स्थायी वासिन्दा अधिकारीले भने आफनो कुखुरीले उक्त नाप भन्दा सानो अण्डा पारेको दावी गरेका हुन् । उनीसँग रहेको अण्डाको सामान्य नाप १.८५ सेन्टिमिटर मात्र रहेको उनको दावी छ ।

    कृषक अधिकारीले जिल्ला पशु सेवा कार्यलय अर्घाखाची मार्फत गिनिज वुकमा रेकर्डका लागि पहल थालेका छन् ।

    जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीले लाइभष्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वल्र्ड रेकड्र्समा दर्ताका लागि पहल गर्न पत्र लेखेपछि अधिकारीको दावी माथि प्रमाणीकरण कार्य आरम्भ भएको छ ।
    news24nepal

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र