बलिउड अभिनेता मिथुन चक्रवर्ती आज आफ्नो ६६ औँ जन्म दिन मनाउँदै छन् । उनी १६ जुन सन् १९५० मा कोलकत्तामा जन्मेका थिए । मिथुनको वास्तवीक नाम गौरांग चक्रवर्ती हो । उनको मिथुन पछि राखीएको नाम हो । सन् १९७६ मा फिल्म मृगयाबाट बलिउडमा ब्रेक लिएका मिथुनले पहिलो फिल्मबाटै उत्कृष्ठ अभिनेता राष्ट्रीय अवार्ड प्राप्त गरेका थिए । पहिलो फिल्मको सफलता पछि उनले अन्य फिल्ममा काम गर्ने मौका
पनि पाउँदै गए ।
सन् १९८२ मा उनले फिल्म डिस्को डान्सरमा काम गरे । फिल्मको शीर्ष गीत आई एम अ डिस्को डान्सर दर्शक श्रोताले खुबै रुचाए । यहि गीतले मिथुनलाई चर्चित पनि बनायो । आज उनी डिस्को डान्सरका रुपमा पनि चिनिन्छन् । उनी जुनसुकै कार्यक्रममा पुगेपनि आई एम अ डिस्को डान्सरमा ननाचीकन फर्कने गरेका छैनन् । १९७६ देखी हालसम्म मिथुनले दर्जनौँ सफल फिल्महरु दर्शकका लागि पस्केका छन् ।
राम्रो अभिनयका कारण उनले धेरै पटक अवार्डहरु पनि जितेका छन । सिने उद्योगको सबैभन्दा ठूलो अवार्ड मानिने फिल्म फेयर अवार्ड पनि उनले दुई पटक जितेका छन् । फिल्ममा सफल भएका उनी फिल्मसँगै व्यवसायमा पनि लागेका छन् । उनी मोनाको गु्रप अफ होटेल्सका मालिक हुन् । भारतमाका चार ठूला सहरहरुमा उनका होटेलहरु छन् । सालाखालामा उनको कूल सम्पति २४० करोड भारतीय रुपैयाँ भएको जानकारी छ । मिथुनले फिल्मका साथै टेलिभिजन प्रस्तोता , गायक , र लेखकका रुपमा पनि आफ्नो परिचय बनाएका छन् ।
यसका साथै उनी सामाजिक कार्यकर्ता र राजनेता पनि हुन् । १९७६ बाट फिल्ममा क्षेत्रमा प्रवेश मिथुनले १९७९ मा अभिनेत्री योगीता बालीसँग विवाह गरे । यौगीताले बलिउडका दर्जनौ फिल्ममा आफ्नो अभिनय कला देखाईसकेकी छिन् । योगीता र मिथुनका चार सन्तान छन् । तिन छोरालाई यौगीताले जन्म दिएकी हुन् भने एक छोरीलाई मिथुनले धर्मपुत्री बनाएर पालेका हुन् ।
उनका एक छोरा महाक्ष चक्रवर्ती पनि अभिनयमा नै सक्रीय छन् । तर उनले करिमा सोचेजस्तो सफलता भने हासील गर्न सकेका छैनन् । अभिनयमा र नृत्यमा अब्बल मिथुन पढाईमा पनि अब्बल थिए । सानैदेखी पढाईमा रुची राख्ने उनले केमेस्ट्रीमा डिग्री हासील गरेका छन् ।
No comments:
Post a Comment