• Breaking News

    5.27.2016

    पैसासँगै चोरले श्रीमती भगाएपछि…

     जेठ १५, 
    गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला परेनन् । घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे । यसपटक उनले छोरासहित श्रीमती वेपत्ता भएको सुनाए ।
    प्रहरीले अनुसन्धान गर्दै गएपनि केही फेला परेन । तर जेठ २ मा मन्त्री ट्रान्सफरका संचालकले छोरीलाई गौशालामा देखे । पशुपति मन्दिर दर्शन गर्न जादाँ छोरी जुस किनिरहेकी थिईन । हत्तपत्त छोरीलाई सोधे, तिमीहरु कहाँ थियोैं, मम्मी खोइ ? छोरीले ममी र आफू नजिकै घरमा केही अंकलहरुसँग बस्दै आएकी बताइन् । छोरीलाई अघि लगाएर उनी घरभित्र पसे । श्रीमती त्यहीँ थिईन । उनी झन चकित भए । जतिवेला उनको कार्यालय चोरी गर्नेहरु पनि त्यही थिए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र