• Breaking News

    5.26.2016

    रक्सीको नशामा सिंहसँग हात मिलाउन गएपछि…

    यो दुनियाका कोही मानिस विचित्रकै हुन्छन् । केही समय पहिले भारतमा एकजना जँड्याहासँग हात्ति डराएर भागेको र जँड्याहाले जंगली हात्तिलाई लखेटेको समाचार आएको थियो । अहिले फेरि अर्को यस्तै खबर आएको छ ।
    भारतको हैदरावादस्थित नेहरु चिडियाखानमा रक्सीको नशाले चूर भएका एक मानिस पोथी सिंहसँग हात मिलाउन भन्दै सिंहको खोरभित्र छिरेका छन् ।

    राजस्थानको सीकर जिल्लाका मुकेश नामका ती ३५ वषर्ीय युवक सुरक्षाकर्मीहरुको चेतावनीका बाबजुत सिंहलाई राखिएको ठाउँको पर्खाल पार गरेर भित्र छिरेर सिंहिनीसँग हात मागिरहेका छन् । धन्न सिंहले उनलाई तत्कालै आक्रमण गरेन र उनलाई सुरक्षित रुपमा बाहिर निकालियो ।

    चिडियाखानाका अनुसार त्यहाँ भित्र राधिका नामको पोथी सिंह थियो । सिंहको रेखदेख गर्ने आर पपैया नामका व्यक्तिले सिंहको ठाउँमा घुसेका मुकेशलाई सुरक्षित साथ बाहिर निकाल्न सफल भए । मुकेशले सिंहिनीसँग हात मागिरहेको थियो र आफ्नो हात अघि बढाएको थियो । उक्त सिंह पनि मुकेशतर्फ अघि बढिरहेकेा थियो । तर पपैयाले तत्कालै सिंहलाई अन्तै मोडिदियो र मुकेशको ज्यान जोगियो ।

    मुकेशलाई बाहिर ल्याइसकेपछि जाँच गर्दा ऊ रक्सीकेा नशाले चूर भएको पाइयो । उसलाई पुलिसको जिम्मा लगाइएको छ ।
    रेलवेको जागिर गर्ने मुकेशमाथि घुसपैठको मुद्धा दायर गरिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र