• Breaking News

    5.26.2016

    पक्राउ परेका मनिषाका प्रेमी विमलकै साथी भएको खुलासा !

    नवलपरासी, १३ जेठ । राष्ट्रिय फुटबल टोलीका प्रमुख स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषाको मृत्यु झन रहस्यमयी बन्दै गएको छ ।
    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनामा संलग्न भएको आशंका पक्राउ परेका १७ वर्षीया मनिषाका प्रेमी आशिष चौधरी विमलकै सहपाठी भएको खुल्न आएको छ ।
    आशिष र मनिषाबीच केही वर्षयता प्रेम सम्बन्ध रहेको त्यसैको विकराल स्वरुपमा घटना भएको अनुसन्धानमा संलग्न नवलपरासी प्रहरीका एक अधिकारी बताउँछन् ।
    उनका अनुसार आशिष नवलपरासीकै तिलकपुर गाविस-४ का युवा हुन् । बहिनी मनिषा र साथी आशिषको प्रेम सम्बन्धबारे विमललाई पनि जानकारी भएको उनको भनाई छ ।
    ती अधिकारीका अनुसार घटना हुनुभन्दा एक दिन अगाडि मनिषालाई फोनमा धम्की आएको पनि पाइएको छ । यो घटनामा अन्य व्यक्तिहरुको हात रहेको आशंका गर्दै प्रहरीले एक एकमाथि निगरानी गर्दै छानविन गरिरहेको छ ।
    विमलकी बहिनी मनिषा गएराति आफ्नै घरमा मृत भेटिएकी थिइन् । आमा बुटवल र विमल बेल्जियम गएकाले मनिषा घरमा एक्लै थिइन् । विहान घर आएकी आमाले छोरी मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
    पोस्टमार्टम रोकियो
    नवलपरासी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले मनिषाको शवको पोस्टमार्टम अहिलेसम्म नगरिएको जानकारी दिए । पोस्टमार्टमका लागि भन्दै परासीस्थित शवलाई जिल्ला अस्पताल पुगाएपनि अहिलेसम्म पोस्टमार्टम सुरु हुन नसकेको हो ।
    एसपी चौधरीका अनुसार मृत्यु निकै रहस्मयी भएकाले पोस्टमार्टमका लागि शवलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । जसका बारेमा जिल्लाका प्रमुख निकायहरुबीच छलफल भइरहेको छ ।
    पछिल्लो विवरण अनुसार मनिषाको शवलाई पोस्टमार्टमका लागि टिचिङ हस्पिटल पठाउने निश्चित भएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र