• Breaking News

    5.25.2016

    ब्यबसायीको बन्दपछि नेपाल प्रहरीद्वारा नि:शुल्क बस सेवा संचालन (हेर्नुस रुटहरु )


    १३ जेठ, काठमाडौं ।

    नेपाल प्रहरीले चक्का जाममा परेका यात्रुहरुलाई लक्षित गरी निः शुल्क बस सञ्चालन गरेको छ । यातायात ब्यवसायीले जरिवानाको दर उच्चरुपमा वृद्धी गरिएको भन्दै विहीबार चक्काजाम गरेका छन् ।

    नेपाल प्रहरीले २ रुटमा गाडी चलाएको सूचना सार्वजनिक गरेको छः
    रुट नं. १
    नक्साल, जयनेपाल, पुतलीसडक, माइतीघर, थापाथली, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, रविभवन, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, न्युरोड गेट, जमल, महेन्द्र शालिक, दरवारमार्ग, जयनेपाल सिनेमाहल हुँदै नक्साल ।

    रुट नं. २
    नक्साल, लोत्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, नागेस्थान, न्युरोड गेट, जमल, लैनचौर, लाजिम्पाट, पुलिस एकेडेमी, नारायण गोपाल चोक, पुलिस एकेडेमी, बालुवाटार हुँदै नक्साल ।

    यस अघी पनि विभिन्न बन्द तथा नाकाबन्दीको समयमा प्रहरीले बस चलाएको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र