• Breaking News

    5.26.2016

    आफ्नै बाउलाई स्तनपान गराउँदै गरेकी छोरीलाई सैनिकहरुले समातेपछि…

    कहानी यस्तो छ, एउटा बुढो ब्यक्तिलाई जब सम्म उ मर्दैन तब सम्म उसलाई भोकै राख्ने सजाय दिईयो । यस्तो कठोर सजाय हुँदा हुदै पनि उनको एउटा छोरी थिईन जसले उनलाई दिनहु भेटन छुट दिईयो । जब ति छोरी बृद्ध बाबालाई भेटन आउथिन तब उनको शरिर पुरै खानतलासी लिईन्थ्यो, किनभने उनि आफनो बाबाको लागि खानेकुरा लिएर नआउन ।

    भोकको कारण दिनप्रतिदिन शिथिल हुदै गएको र बिग्रदै गएको बाबाको शरिर देखेर छोरीलाई असहय पिडां हुन थाल्यो र उनले बाबाको त्यो अवस्था देख्न नसक्नेमा पुगिन । अन्तमा उनले यस्तो काम गरिन जुन समाजको लागि बाहिरी रुपमा हेर्दा घृणाजनक र लज्जासपद थियो ।
    बाबाको भोकका कारण दयनिय अवस्था हुँदा पनि उनले चाहेर पनि कुनै खानेकुरा लिन सक्दैन थिईन । अन्ततः विवस भएर आफनो बाबालाई उनले आफ्नै स्तनपान गराउन थालिन । दिन दिनै यो घटना दोहोरिरहयो, उनका बाबा पनि स्वस्थ हुन थाले ।

    एकदिन पहरामा बसेका सैनिकहरुले उनलाई आफनो बाबालाई स्तनपान गराउँदै गरेको अवस्थामा भेटें र पक्राउ गरी तत्कालिन शासकको अगाडि लगे । यो अनौठो घटनाले तत्कालिन समाजमा ठूलै खैला बैला मच्चायो र नागरिकहरु दुई भागमा बाडिए । एक थरीले बाबु छोरीको पबित्र सम्बन्धमा यस्तो घटना निन्दनीय र पाप माने भने दोस्रो थरी नागरिकहरु बाबु छोरीको सम्बन्धको पबित्रता र मानवियताको मिशाल हो भन्नेमा पुगे ।

    यो अनौठो घटनाले स्पेन र युरोपभर ईस्वरीय संसार, पवित्रता र मानव मुल्यको बारेमा बहस भयो । युरोपका कतिपय महशुर कलाकारले यस घटनालाई आफ्नो क्यानभासमा पनि उतारे र प्रसिद्ध पनि भए । अन्ततः लामो बहस पश्चात मानव मुल्यको जित भयो, दुबै बाउ छोरी कैद मुक्त भए । श्रोत:एजेन्सी/सेतोपरेवा

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र