जेठ ३ । उपत्यकामा कार्यरत जुनियर तहका प्रहरी कर्मचारीलाई पुनर्ताजगी गराउन आयोजित कार्यक्रममा एक जवान अनकनाउदै उठे । निरन्तर ड्युटीबाट थाकेका तल्लो दर्जाका प्रहरीलाई ताजगी दिन म्युजिक थेरापीसँगै गुनासा निर्धक्क राख्ने छुट दिएको कार्यक्रममा उनले १८ देखि २० घन्टासम्म काम गर्नुपर्दा सुत्न नपाएको र परिवारलाई समय दिन नसक्दा छोडपत्र हुने अवस्था आएको गुनासो सुनाए । भने, ‘हाकिमसापहरुको घरमा काम गर्न बसेका केही साथीलाई मात्र ड्युटीमा ल्याउन सके पनि सुत्ने समय केही थपिन्थ्यो कि, पहल गरिदिनुपर्यो ।’ उनले लक्षित गरेका साथीहरु संगठन नै बहालवाला र पूर्वसंगठनका अधिकारीलाई सहयोगीका रुपमा खटाएका प्रहरी कर्मचारी थिए, जसको औपचारिक संख्या नै करिब ४ हजार पुग्छ । प्रधान कार्यालय अनुसार रेकर्डमै नरहने गरी राज्यले शान्ति सुरक्षामा खटिन तालिम दिएर दक्ष बनाएको थप ६ सय प्रहरी कर्मचारी शान्ति सुरक्षामा हैन अधिकारीको घरेलु सहयोगीको भूमिकामा कार्यरत छन् । यसैगरी पहुँचका आधारमा संगठनको सदस्यको दुरुपयोग गर्ने नेपाल प्रहरीको अधिकारी पनि कम छैनन् । आजको कान्तिपुर दैनिकमा खबर छ । बहालवाला एसपीदेखि अवकाश पाएका एसएसपी तहसम्मका प्रहरी अधिकृत संगठनका सदस्यलाई घरेलु सहयोगी बनाएका छन् । जीवित पूर्वआइजीपीलाई मात्र हैन स्वर्गीय दिलबहादुर लामाको नाममा समेत २ जना प्रहरीलाइ सहयोगीका रुपमा खटाइएको छ ।
No comments:
Post a Comment