• Breaking News

    5.15.2016

    ‘आन्दोलनमा सशस्त्र समूहको घुसपैठ आशंका’

    ३ जेठ, काठमाडौं ।

    मधेसवादी दलहरुले राजधानीकेन्द्रीत आन्दोलन सुरु गरेलगत्तै सरकारले काठमाडौं उपत्यकाभित्र तराईका भूमिगत समूहको घुसपैठ हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएको छ ।

    मधेसकेन्दि्रत दलले आˆना माग पूरा गर्न १ जेठबाट राजधानीमा शक्ति प्रदर्शन गर्न थालेलगत्तै सरकारले सुरक्षा सतर्कतातर्फ  विशेष ध्यान दिएको हो ।

    तराईमा रहेका भूमिगत सशस्त्र समूहले राजधानीमा कुनै न कुनै प्रकारका विध्वंसात्मक कार्य गर्न सक्ने संकेत पाएपछि सुरक्षामा विशेष सतर्कता अपनाइएको सुरक्षा निकायको भनाइ छ ।

    घुसपैठ भए तराइबासी बाहेक अन्य समुदायका मानिसमाथि पनि आक्रमण हुनसक्ने तथा आन्दोलनलाई उत्तेजित पारेर शान्ति सुरक्षामा समेत असरा पार्न सक्ने तर्फ ध्यानकेन्दि्रत भएको गृह मन्त्रालयले जनाएको छ ।

    ‘मधेस आन्दोलनका समयमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरुप्रति अहिले पनि जनतामा नकारात्मक धारणा रहेकाले उनीहरु प्रति आक्रमण हुन सक्छ भन्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रीत छ ।’ गृहमन्त्रालयका एक उच्च अधिकारीले भने । राजधानी दैनिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र