• Breaking News

    5.16.2016

    घ‍ेराउ कार्यक्रममा सहभागी बेलायती पक्राउ, विदेशीमाथि सरकारको कडा निगरानी

    काठमाडौँ-सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन् ।

    ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिएको थियो । 

    सोही आधारमा ती नागरिकले नेपाल छाडेका थिए । सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेत सहभागी रहेको भेटिएको थियो ।

    आन्दोलनमा सहभागी विदेशीलाई कारबाही 

    सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा, ब्यानर र फेटासहित उपस्थित भएका विदेशीलाई सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ । गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले आइतबार र सोमबार आन्दोलनका क्रममा केही विदेशीको समेत संलग्नता भएको सूचनाका आधारमा मन्त्रालयले अनुसन्धान अगाडि बढाएकोे जानकारी दिए ।
    उनले भने “आन्दोलनमा सहभागी हुनु अध्यागमन कानुन विपरीत हो । ”

    प्रवक्ता कोइरालाले एक किसिमको प्रवेशाज्ञामा आएर आन्दोलनमा सहभागिता जनाउनु गम्भीर भएको बताउँदै उनले उनीहरुलाई प्रवेशाज्ञा खारेजसम्मको कारबाही हुन सक्ने बताउनुभयो ।
    उहाँले आन्दोलनमा सहभागी भएकाहरुको तस्बिरका आधारमा खोजी भइरहेको समेत जानकारी दिए । 

    आन्दोलनमा केही दातृ निकायको समेत सहयोग रहेको आशङ्कामा छानबिन भइरहेको छ । संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै मधेसी, आदिवासी जनजाति सम्बद्ध केही दल आन्दोलनमा छन् । रासस
    nepalipatra.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र