काठमाडौँ, ३ जेठ
सैनिक श्रीमती संघद्वारा आयोजित नृत्य कार्यक्रम “अमरपंक्षी” सम्बन्धमा प्रकाशित एवं प्रशारित समाचारहरुप्रति नेपाली सेनाले ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपाली सेनाको व्यवसायिक मर्यादा, संस्थागत हित र नेपाली सेना विवादमुक्त रहनुपर्छ भन्ने सकारात्मक मनशायसहित प्रकाशित एवं प्रशारित समाचारहरु प्रति नेपाली सेना आभार व्यक्त गर्न चाहन्छ’ सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तीमा भनिएको छ ‘विगतमा टुँडिखेलमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा समेत नेपाली सेनाले प्रत्यक्ष एवम् परोक्षरुपमा सहयोग पु¥याउँदै आएको छ । त्यसैगरि, सैनिक श्रीमती संघले पनि विगतमा नेपाली सेनाका बहालवाला, भूतपूर्व सैनिक तथा आश्रित परिवारहरु एवं प्राकृतिक प्रकोप लगायतका अवस्थाहरुमा सर्वसाधारणको सहयोगको लागि समेत योगदान पु¥याउँदै आएको र भविष्यमा समेत राहत सहयोग पु¥याउने उद्देश्यले सैनिक श्रीमती संघद्वारा आयोजना गरिएको “अमरपंक्षी” कार्यक्रममा उपस्थित कलाकारहरु र दर्शकहरुको सुविधा, सहजता र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरि नेपाली सेनाले अन्य सुरक्षा निकायहरुसँग समन्वय गरि सहयोग प्रदान गरेको हो । भविष्यमा पनि राहत कार्य एवं विभिन्न सामाजिक हितका लागि हुने यस किसिमका कार्यक्रममा नेपाली सेनाको सक्दो सहयोग रहनेछ ।’
यस किसिमका कार्यक्रमहरुमा विगतमा समेत विदेशी कलाकारहरु सहभागी हुने गरेको र सो स्तरका कलाकारहरुको आवागमन हुँदा सुरक्षा संवेदनशीलता, व्यवहारिकता र विमानस्थलको सुरक्षा चासोमा असर नपर्ने गरि सम्बन्धित सुरक्षा एवं अन्य निकायहरुसँग समन्वय गरि त्रिभुवन बिमानस्थलका उपयुक्त कक्षहरु प्रयोग गर्ने प्रचलन रहि आएको सेनाले स्मरण गराएको छ ।
महत्वपूर्ण व्यक्तिहरुको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा व्यवस्था अवलोकनको साथै विमानस्थलमा उपस्थित शुभेच्छुक एवं समर्थकहरुबाट असहज स्थिति पैदा नहोस् भन्नको लागि पनि अन्य सुरक्षा निकायको साथ साथै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षार्थ सोही स्थानमा तैनाथ नेपाली सेनाको ईन्जिनियर निर्देशनालयका अधिकृतहरु उपस्थित हुने प्रचलन रहेको पनि सेनाले जनाएको छ । विज्ञप्तीमा भनिएको छ ‘आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्था अनुगमनको लागि जाने सैनिक व्यक्तिहरुले सैनिक पोशाक प्रयोग गर्नु स्वभाविक नै हो ।’
“अमरपंक्षी” कार्यक्रममा सहभागी हुन आएका कलाकारहरुको स्वागतको लागि भने सैनिक श्रीमती संघका पदाधिकारी तथा कार्यक्रम व्यवस्थापकका प्रतिनिधिहरु नै उपस्थित भएको सेनाले स्पष्ट पारेको छ । नेपाली सेनाबारे कुनैपनि भ्रममा नपर्नको लागि पनि सबैमा सेनाले अनुरोध गरेको छ ।
No comments:
Post a Comment