एजेन्सी
११ जेठ
प्रेमको बारेमा सबैको आ आफ्नै व्याख्या र बुझाइ रहेको छ । प्रेम बिभिन्न किसिमका हुन्छन,यहाँ धेरैले बाहिरी भौतिक आकर्षणलाई प्रेमको नाम दिइरहेका छन । हिजोआजको जमानामा त भन्ने नै हो भने साँचो प्रेम गर्नेहरुको खडेरी नै लागेको पाइन्छ । साँचो प्रेम गर्ने र एक अर्कामा समर्पित् हुने जोडी कमै मात्रामा भेटिन्छन् ।
तर, साँचो प्रेमको शक्ति कतिसम्म हुनसक्छ भन्ने कुराको उदाहरण बनेका छन कोलिन ड्रम र सेली स्म्थि । जसले ४४ बर्ष सम्म एक अर्कालाई प्रेम गरेर भर्खरै बिवाह सम्पन्न गरेका छन् । हाल कोलिनको उमेर ८४ बर्ष र सेलीको उमेर ८२ बर्ष भइसकेको छ । उनीहरु दुवैको भेट पहिलोपटक सन १९७२ मा एउटा क्लवमा भएको थियो ।
त्यतिखेर सेली विवाहित चार बच्चाकी आमा थिइन् । तर कोलिन भने सेलीका लागि जीवनभर अविवाहित नै बसे । सेलीका बच्चाहरु ठूला भएर आ आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मात्र उनले बिवाहको निर्णय गरेकी हुन् । यतिका बर्ष सम्म उनीहरु बीच प्रेम सम्वन्ध रहेको कसैले पत्तो नै पाएका थिएनन् । केही समय अघि सेन्ट मेरी चर्चमा उनीहरुले सयौ पाहुनाहरुका बिचमा विवाह गरेका छन जुन स्थानमा उनीहरुले पहिलो पटक एक अर्कालाई भेटेका थिए ।
No comments:
Post a Comment