• Breaking News

    5.24.2016

    नेविसंघका नेताले सशस्त्र हवलदारका श्रीमतिलाई लिएर कुलेलाम…


    मंगलबार, जेठ ११,दयपुर / उदयपुरका नेपाल विद्यार्थी संघका एक नेताले सशस्त्रका हबलदारका श्रीमतिलाईलाई लिएर कुलेलाम ठोकेका छन् । दुई सन्तानकी आमा शसस्त्र प्रहरी हवलदारी श्रीमति उडाएका छन् । नेपाल विद्यार्थी संघका नि–वर्तमान सचिव विनोद कोईरालाले शसस्त्र प्रहरी बल त्रियुगा गुल्ममा कार्यरत टंक गिरीको श्रीमतीलाई लिएर कुलेलाम ठोकेका छन् ।


    युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ रे । गहिरो माया बसेपछि मानिसले जे पनि गर्न तयार हुन्छ भन्ने कुरालाई समेत प्रष्टै पारि दिएका छन् ।
    उसले आफन्त, समाज, सामाजिक जिम्मेवारी लगायतका सबै कुरा त्याग्न बाध्य हुन्छ । कोईरालाको जीवनमा पनि त्यस्तै भएको छ । उनीले आफ्नै घरमा डेरा गरि बस्ने शसस्त्र प्रहरी हवल्दारको श्रीमतीलाई भगाएका हुन ।

    २०७० सालमा सम्पन्न नेपाल विद्यार्थी संघको सचिवमा निर्वाचित कोईरालाले शसस्त्र प्रहरी बल त्रियुगा गुल्ममा कार्यरत टंक गिरीको श्रीमतीलाई भगाएका हुन । त्रियुगा नगरपालिका वडा नं. १ बोक्सेमा आफ्नै घरमा डेरा गरि बस्ने गरेकी हवल्दार गिरिको श्रीमतीसगँ नेता कोईरालाको लामो समय देखिको माया पिरती भागी विवाहमा परिणत भएको हो ।

    सधै डिउटीमा जाने श्रीमतिको चाल ठिक नभएपछि १५ दिन अघि झुक्याएर कोठामा पुग्दा कोठामा श्रीमति नभेटेपछि खोज्दै जाँदा घरवेटीको छोरा रंगेहात फेला पारेसँगै शसस्त्र हवल्दार छागाँबाट खसे जस्तै भए । एक छोरा र एक छोरीकी आमा परपुरुष सँग अनैतिक सम्बन्धमा रहेपनि साना नानीको मायाले केही श्रीमतिलाई केही नभनी घटना गुपचुप राखेपनि अहिले विद्यार्थी नेता र हवल्दारको श्रीमतिले गाईघाट छाडेपछि घटना सार्वजनिक भएको हो ।

    खोटाङ्ग घर भएका प्रहरी हवल्दारको अहिले सम्मको कमाई र जायजेथा समेत श्रीमतिकै नाममा रहेकोले श्रीमतिको भन्दा पनि सम्पत्तीको चिन्ताले प्रहरी हवल्दारलाई सताएको छ । अहिले दुई सन्तान सहित उनी प्रहरी व्यारेकमै बस्न थालेका छन । कोईरालाले ०७३ बैशाख २० गते नेपाल विद्यार्थी संघको सम्बन्धमा एक विज्ञप्ती जारी गरि दुई दुई बर्षमा अधिवेशन हुनु पर्नेमा तिनबर्षमा समेत जिल्ला अधिवेशन नभएकाले अवैधानिक कार्यसमिति खारेज गरि अविलम्ब नयाँ निर्वाचन गराउन माग गरेका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र