• Breaking News

    5.29.2016

    दिल्लीलाई ५ मिनेटमै निशाना बनाउने पाकिस्तानको योजना!

    पाकिस्तानी वैज्ञानिकले गरे डरलाग्दो खुलासा

    काठमाडौं, १६ जेठ । पाकिस्तानले आफ्नो छिमेकी भारतलाई पाँच मिनेटमा निशाना बनाउन सक्षम रहेको दाबी गरेको छ ।
    पाकिस्तानको परमाणु कार्यक्रम विज्ञ तथा वैज्ञानिक अब्दुल कादिर खानले पाकिस्तानले १९८४ मा नै परमाणु परीक्षण गर्ने तयारी गरेको र यसका लागि योजना पनि बनाएको बताउँदै तत्कालिन सैन्य शासक जनरल जिया–उल–हकले अनुमति नदिदा राकिएको जानकारी दिए ।
    उनले त्यही बेला भारतलाई निशाना बनाउने योजना पनि बनेको खुलासा गर्दै अहिले पनि पाकिस्तान पाँच मिनेटभित्र दिल्लीमाथि परमाणु हमला गर्न सक्षम रहेको बताए ।
    उनले परमाणु शक्ति हासिल गर्ने विश्वका देशहरुमध्ये पहिलो मुश्लीम देश पाकिस्तान बनेको भन्दै मेरो योगदानविना यो सम्भव थिएन् भनेका छन् । उनले भने– पाकिस्तान परमाणु ताकत हासिल गर्ने दुनियाँकै पहिलो मुश्लीम देश हो । एकदमै अप्ठेरो परिस्थितीमा हामीले यो ताकत हासिल गर्नमा सक्षम थियौं र हामीले गर्यौ ।’
    पाकिस्तानले १९९८ मा पहिलो परमाणु परीक्षण गरेको थियो । यो परीक्षणको वर्षगाँठको एक सभालाई सम्बोधन गर्दै वैज्ञानिक कादिर खानले भारतबाट हस्तक्षेप भए आफूहरु दिल्लीलाई पाँच मिनेटमै निशाना बनाउन सक्षम रहेको बताएका हुन् ।
    (भारतीय सञ्चारमाध्यमको सहयोगमा)

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र