उदयपुरको बेल्टार–बसाहा नगरपालिकामा आफ्नै भान्जी बलत्कार गर्ने मामा पक्राउ परेका छन् । मामाले आफ्नै भान्जीलाई ६ महिनादेखि पटक पटक बलत्कार गर्दै आएको उजुरीका आधारमा जेष्ठ ८ गते पक्राउ गरेको छ । पक्राउ परेका बेव नपा–११ का रोशन भन्ने डन्डु मगरलाई विशेष सुरकीको आधारमा पक्राउ परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले बताए ।
उनका अनुसार मगर साकेला नाच्न आएको सूचनाको आधारमा पक्राउ गरेको बताए । सिलवालले भने ‘मंसिर महिनामा घरमा आमा नभएको अवस्थामा बाबुले मादक पद्धार्थ सेवन गरि छोरीलाईलाई जवरजस्ती करणी गरेको त्यस पछि मामा घरमा जाँदा मामाले नै जवरजस्ती गर्ने गरेको र पछि छिमेकी दाजु पर्नेले पनि डर देखाएर बलत्कार गर्ने गरेको जाहेरीको आधारमा मामालाई पक्राउ गरेको हुँ ।’ आरोपी बाबु र छिमेकी दाईलाई पुर्पक्षका लाथि थुनामा रहेका छन भने मामालाई अनुसन्धानका लागि म्याद थप गरिएको छ ।
No comments:
Post a Comment