जेठ १२ । साताको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ। मंगलबार प्रति तोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सयले घटेर ५५ हजार १ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चांदी प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचांदी व्यवसायी संघले आज बुधबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४७ हजार २ सय ४० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार २५ रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय ५१ रुपैयाँ ५० पैसा कायम गरेको छ।
No comments:
Post a Comment