१२ जेठ, काठमाडौं ।
नेपालको सीमावर्ती भारतीय राज्य विहारमा मदिरा बेचविखनमा प्रतिबन्ध लगाएपछि भारतीयहरु मदिरा सेवनका लागि नेपाल पस्न थालेका छन् ।
एक महिनाको अवधिमा मदिरा सेवनका लागि नेपाल पसेका कम्तिमा ७० जनालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले जनाएको छ ।
विहारमा मदिरा वेच विखन बन्द भएपछि भारतीयहरु मदिराका लागि नेपाल पस्ने गरेको पनि उक्त समाचारमा उल्लेख छ ।
भारतीय सीमावर्ती इलाकाबाट नेपालको रौतहटमा पसेका कम्तिमा ७० जना भारतीय नागरिकलाई नेपाल प्रहरीले गिरफ्तार गरेको समाचारमा जनाइएको छ ।
पक्राउ पर्नेहरु सबै विहारका रहेको बताइएको छ । मदिरा सेवनका लागि दर्जनौं भारतीयहरुलाई चेतावनी पछि छोडिएको पनि जनाइएको छ । उनीहरुलाई १-१ हजार जरिवाना समेत गर्ने गरिएको छ ।
विहारमा गत ५ एप्रिल देखि मदिरा बेच विखनमा प्रतिबन्ध लगाइएको छ । त्यहाँ रेष्टुरेन्टमा समेत मदिरा बेच्न पाइँदैन ।
No comments:
Post a Comment