ताजा खबर, काठमाण्डौं । फ्रान्सको राजधानी पेरिसको बाहिरी भागमा गत साता मुस्लिम धर्मावलम्बीहरूको सम्मेलन जारी थियो । मुसलमान समुदायमा महिलाले बाहिरी संसारलाई शरीरको कुनै पनि भाग देखाउनु हुन्न भनेर बुर्का लगाउने चलन छ । त्यस्तो समुदायको सम्मेलन चल्दै गर्दा केही महिला छाती पूरै उदांगो पारेर सम्मेलन भइरहेको ठाउँमा पुगे र सम्मेलन बिथोल्ने काम गरे ।
सम्मेलनमा महिलाको हकअधिकार कुण्ठित हुने खालको छलफल भएको थाहा पाएपछि आफूहरूले बिथोलेको फिमेनकी प्रवक्ताले बताइन् । ‘सम्मेलनमा एकजना चरमपन्थी धर्मगुरुले ‘श्रीमतीलाई कुट्नुहुन्छ कि हुँदैन’ भन्ने विषयमा प्रवचन दिइरहेका थिए । त्यत्तिकैमा हाम्रा साथीहरूले स्टेजमा पुगेर प्रदर्शन गरे,’ बेलायती पत्रिका ‘द टेलिग्राफ’ सँगको कुराकानीमा ती प्रवक्ताले भनिन् ।
दुई महिलालाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेर केही बेर हिरासतमा राखी छोडिदिएको थियो । सम्मेलन आयोजकले भने ब्रा नलगाई उदांगो छाती देखाउँदै धार्मिक सम्मेलन बिथोल्नेविरुद्ध अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएको छ ।
No comments:
Post a Comment