• Breaking News

    10.14.2015

    भारतले नेपाललाई दियो फेरि अर्को धोका, संकट नसुल्झिने संकेत

     बुधबार, २७ असोज
    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई फेरि धोका दिएको छ ।
    पछिल्लो केही दिनमा तेलको लोड बढाएपनि बुधबारदेखि त्यो परिमाणा कटौती गरेको छ । बुधबार फेरि तेल लिन भारत पुगेका मध्ये १० प्रतिशत ट्यांकरलाई मात्र तेल भरिदिएको छ ।
    शनिबारराति मात्रै आइओसीले तेल लिन भन्दै टेलिफोन गरी बोलाएपनि बुधबार त्यो मात्रामा पुन कटौती गरेको हो । बुधबार करिब डेढसय ट्यांकर तेल भर्न भारतका विभिन्न डिपोहरुमा पुगेका थिए ।
    भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमबीच निर्वाध रुपमा नेपालको माग अनुसारको इन्धन उपलब्ध गराउने सहमति भएपनि पछिल्लो समयमा त्यसको उल्लंघन हुँदै आएको छ ।
    आइओसीले तेल नदिँदा नेपालमा इन्धनको चरम अभाव छ । इन्धन अभावका कारण चाडपर्वको मुखमा नेपाली जनताले सास्ती बेहोर्नुपरेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र