• Breaking News

    10.12.2015

    ‘एभरेष्ट’ले बनायो नेपालमा रेकर्ड

     
    ताजाखबर, काठमाण्डौ। अधिकाशं दृश्य नेपालमा खिचिएको हलीउड चलचित्र ‘एभरेष्ट’ले नेपालमा हलीउड चलचित्र मध्यकै सबैभन्दा उत्कृष्ट कमाई गर्न सफल भएको छ । नेपालमा प्रदर्शनमा आएको तिन सातामा ‘एभरेष्ट’ले डेढकरोड ग्रस आम्दानी गर्न सफल भएको वितरक कम्पनी गोपिकृष्ण मुभिजले जानकारी दिएको छ । नेपालमा अधिकाशं दृश्य खिचेका कारणपनि चलचित्रले नेपालमा राम्रो व्यापार गर्न सफल भएको बताइएको छ । चलचित्रले काठमाडौंका मल्टिप्लेक्समा ५० प्रतिशत अकुपेन्सीसहित हालपनि प्रदर्शन भइरहेको छ ।

    न्युजिल्याण्ड र अमेरिकाका पर्वतारोही रब अल र स्टिकर फिचरको सन् १९९६ मा सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएको सत्य घटनामा आधारित रहेर विश्व चर्चित कम्पनी युनिभर्सल पिक्चर इन्टरनेशनल र वर्किङ टाइटल प्रालिले ९४ मिलियन डलर खर्च गरेर बनाईएको चलचित्र एभरेष्टमा ११ जना नेपाली शेर्पा तथा माउन्टेन गाइडले अभिनय गरेका छन् । नेपाली कलाकार तथा नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा चलचित्र एभरेष्टमा हेलिकोप्टरको पाइलटको छोटो भूमिकामा छन् ।

    चलचित्रको छायांकन काठमाडौं र सोलुखुम्बुका विभिन्न ठाँउहरु लुक्ला, फाप्दिङ, नाम्चे, तेङबुचे, फेरुचे, लोपुचेलगायत विदेशका विभिन्न ठाँउमा गरिएको हो । यस अगाडि हलिउडमा कुनै पनि चलचित्रमा सगरमाथालाई कथावस्तु बनाएको पाइदैन । बाल्टासुर कोर्माकुरले निर्देशन गरेको यो चलचित्रमा हलिउडका चर्चित कलाकारहरुले अभिनय गरेको देख्न सकिनेछ । चलचित्रमा जेसन क्लार्क, जोस ब्रोलिन, जोन हक्स, रोविन राइट, साम वार्थिङ्टनको मुख्य भूमिका छ ।


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र