आश्विन २५, २०७२- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बधाईमा भारतको कुटिल चाल मात्र भएको बताएका छन् । सोमबार एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले भारतले नयाँ चाल चल्दै बामपन्थीलाई पनि आफ्नो प्रभावमा पार्न कुटिल चाल चलेको बताएका हुन् ।
भारतले नेपाली काँग्रेस र मधेशी दललाई जस्तै बामपन्थीलाई पनि आफ्नो प्रभावमा पार्न नयाँ कुटनीति अबलम्बन गरेको हुन सक्ने आशंका व्यक्त गर्दै बिजुक्छेंले भने,'सुशिल कोइराला नेतृत्वको सरकारमा नाकाबन्दी लगाउँदा भारतले कुनै प्रतिक्रिया नदिएपनि ओली प्रधानमन्त्री भए लगत्तै बधाई दिनु र इन्धन लिन आउन आग्रह गर्नु भारतको नयाँ कुटिल चाल हुनसक्छ ।'
नेपाल र नेपालीको समस्या बुझेर बिस्तारै संविधान संशोधन गर्न सकिने भए पनि भारतको दबाबमा आएर हतारमा संविधान संशोधन गर्न नहुने बताएका छन् । 'भारतको दबाबमा आएर हतारिएर तत्कालै संविधान संशोधन गरे देशमा अस्थितरता बढ्छ', उनले भने, 'त्यो देशकै लागि घातक सावित हुन्छ ।'
चीनले नेपाललाई चाहिने इन्धन दिन सक्ने भएपनि नेपाल सरकारले कुनै लिखित प्रस्ताव नराखेकाले समस्या आएको बताए । नेमकिपाले ओली नेतृत्वको सरकारलाई ससर्त लिखित सहयोग गरेको र सरकार निमार्णमा प्रतिपक्षमै बस्ने जानकारी गराएको बताउँदै अध्यक्ष ओलीले सरकारले राम्रो काम गरे समर्थन गर्ने र गलत काम गरे बिरोध गर्ने बताएका छन् ।
केपी ओलीको नेतृत्व सरकारले ठूलै जटिलताको सामना गर्नु पर्ने र काँग्रेस अब प्रतिपक्षमै बस्ने अवस्था रहेकाले सहमतीको राजनीतिमा खडेरी देखा पर्ने उनले टिप्पणी गरे ।
No comments:
Post a Comment